वीरगन्जमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बुधबार राति वीरगन्जको नारायणी प्रगोगशालामा गरिएको २९० परीक्षणमा १९ जनामा संक्रमण देखिएको नारायण अस्पताल वीरगन्जका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसियाले बिएल नेपाली सेवालाई जानकारी दिए।
चौरसियाका अनुसार संक्रमितमध्ये १४ पुरूष र ५ जना महिला छन्। उनीहरू १५ देखि ६१ वर्ष उमेर समूहका छन्। जसमध्ये पर्साका १७ जना, बारा र रौतहटका १-१ जनामा पोजेटिभ देखिएको हो।
वीगन्ज महानगरपालिकाका १० जना, पोखरीया नगरपालिकाका २ जना, जिराभवानी गाउँपालिकाका १ जना, बाहुदारामाई गाउँपालिकाका १ जना, पर्सागढी गाउँपालिकाका १ जना, सखुवा परशौनी गाउँपालिकका १ जना, विन्दवासीनी गाउँपालिकाका १ जना छन्।
यस्तै रौतहटमा १ जना र बारामा १ जनामा संक्रमण पुष्टि भएको हो।
यसअघि बुधबार दिउँसोसम्म २१० परीक्षणमा ६ जनामा संक्रमण देखिएको थियो।