पछिल्लो २४ घण्टामा मुलुकमा थप ११७० जनामा कोरोना संक्रमण देखिएको छ। यससँगै नेपालमा कोरोना संक्रमित हुनेहरूको संख्या ५५३२९ जना पुगेको छ।
स्वास्थ्य तथा जनसंख्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ८७९ जना निको भएर घर फर्किएका छन्। यससँगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ३९५७६ पुगेको छ। यो ७१.५ प्रतिशत हो।
हाल मुलुकमा १५३९३ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन्। त्यसमध्ये ८११८ जना संस्थागत आइसोलेसनमा र ७२७५ जना होम आइसोलेसनमा रहेका छन्। हाल क्वारेन्टिनमा ६३५४ जना रहेका छन्।
पछिल्लो २४ घण्टामा १०८७८ वटा नमूना पीसीआर परीक्षण भएको छ।
मन्त्रालयका अनुसार हाल आइसोलेसनको आइसियुमा १७९ जना र भेन्टिलेटरमा २९ जना सिकिस्त बिरामीहरू रहेका छन्।
मन्त्रालयका अनुसार मुलुकका ७ वटा जिल्लामा कोरोना संक्रमण शून्य रहेको छ।
सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्लामा संक्रिय संक्रमितको संख्या शून्य छ।
यस्तै ७ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छ। मोरङ, सुनसरी, सर्लाही, काठमाडौं, चितवन, भक्तपुर र रूपन्देहीमा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १५ जनाको ज्यान गएको छ। यो सँगै मृत्यु हुनेको कुल संख्या ३६० पुगेको छ।