कोरोना संक्रमणका कारण मोरङका दुई पुरुषको धरानमा मृत्यु

कोरोना भाइरसका कारण मोरङका दुई जनाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ ।

मृतकमध्ये एक जना विराटनगर र अर्को धनपालथानका हुन् । मोरङको धनपालथान गाउँपालिका–६ का ४० वर्षीय पुरुषको गए राति मृत्यु भएको र उनमा दीर्घ रोगको कुनै समस्या नदेखिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो ।

त्यस्तै विराटनगर महानगरपालिका–१२ का ७० वर्षीय वृद्ध पुरुषको पनि उपचारका क्रममा प्रतिष्ठानमै हिजो दिउँसो २ बजे मृत्यु भएको हो ।

ज्वरो आउने, खोकी लाग्ने र श्वासप्रश्वासमा गाह्रो हुने लगायतका समस्या देखिएपछि उनलाई सुरुमा उपचारका लागि म्याक्स अस्पतालमा भर्ना गरिएको थियो ।

प्रकाशित मिति: : 2020-09-14 09:20:56

प्रतिकृया दिनुहोस्