मकवानपुरका विभिन्न प्रहरी युनिटमा कार्यरत ४७ जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
हेटौंडा १० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित प्रादेशिक प्रयोगशालमा गरिएको स्वाब परीक्षणमा पछिल्लो २४ घन्टामा मकवानपुरमा थप ४७ जना प्रहरीमा संक्रमण पुष्टि भएको हो ।
जसमध्ये दुई जना प्रहरी इन्स्पेक्टर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए । उनका अनुसार, हेटौंडा ११, थानाभर्याङस्थित दंगा प्रहरी गणमा कार्यरत ३५, जिल्ला प्रहरी कार्यालयमा कार्यरत १२ जना प्रहरीमा संक्रमण पुष्टि भएको हो ।
याेसँगै प्रहरीको संख्या १ सय १५ जना पुगेको छ । हालसम्म १० जना सशस्त्र प्रहरीलाई कोरोना देखिएको र ३३ प्रहरी कोरोना निको भएर घर फर्किएका छन् ।
संक्रमित १२ जना प्रहरीलाई जिल्ला प्रहरीको सभाहलमा र बाँकीलाई हेटौंडा ६ स्थित आइसोलेसन वार्डमा राखिएको छ ।