पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५७२ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४ सय ९४, भक्तपुरमा ३४ र ललितपुरमा ४३ जना नयाँ कोरोना संक्रमित थपिएका हुन्।
यस्तै काठमाडौंका २ पुरूष र १ महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५५ वर्षिया महिला तथा ८३ वर्षिय र ५९ वर्षिय पुरूष छन्। अहिलेसम्म काठमाडौंमा ७ हजार ६ सय ११ जना, ललितपुरमा एक हजार ११ र भक्तपुरमा आठ सय १८ जनामा संक्रमण देखिएको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २ सय ४६ जना संक्रमित थपिएका छन्। यो सँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५० हजार नाघेको छ।
मन्त्रालयका अनुसार बिहीबारसम्म कोरोना संक्रमितको संख्या ५० हजार ४ सय ५६ पुगेको हो। त्यस्तै पछिल्लो २४ घण्टामा यसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय १७ पुगेको छ।