भरतपुर अस्पतालमा थप एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ।
नवलपुर जिल्ला, देवचुली नगरपालिका-१ बस्ने ६४ वर्षीय पुरुष मंगलबार साँझ ५:३० बजे मृत्यु भएकाे अस्पताल प्रशासनले जनाएकाे छ।
उनी केही समयदेखि मिर्गौलाको नियमित डायलिसिस गर्दै आएका थिए। यही अवस्थामा उनमा गत भदाै १७ गते काेराेनाका संक्रमणसहित खोकी र श्वासप्रश्वाशमा समस्या देखिएकाे थियाे। त्यसकाे दुई दिनपछि थप उपचारकाे लागि भरतपुर अस्पताल चितवनको काेभिड आइसीयु मा भर्ना गरिएकाे थियाे।
भर्ना भएसँगै उनकाे नियमित डायलिसिस समेत गरिएको थियो। उनको स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि अस्पतालको आइसियुमा राखेर उपचार गरिदै आएकाे थियाे। तर, भेन्टिलेटरसहित उपचारका सबै उपायहरु गर्दागर्दै हिजो काेराेना र निमोनियाको संक्रमणको कारणले निधन भएको अस्पताल प्रशासनले जनाएकाे छ।