पर्साको ठोरीमा चट्याङ्ग लागेर एकजना गम्भिर घाइते

पर्साको ठोरी गाउँपालिकामा बुधबार बिहान चट्याङ्ग लागेर एकजना गम्भिर घाइते भएका छन्। 

ठोरी वडा न. ४ बिजय बस्तिका स्थानीय ३२ वर्षका बालबहादुर क्षेष्ठ चट्याङ्ग लागेर घाइते भएका छन्। 

आज बिहान साढे ३ बजे मकै बारीमा बनाइएको मचानमाथि जाग्राम बसेको अवस्थामा श्रेष्ठलाई चट्याङ्ग लागेको थियो। 

चट्याङ्ग लागेर श्रेष्ठको दायाँ पटिको हात खुट्टा चल्न नसकेको उनको आफन्त अमर निर्दोषले बताए। 

अहिले घाइते श्रेष्ठलाई उपचारका लागि चितवनको भरतपुर अस्पताल लगिएको छ।

प्रकाशित मिति: : 2020-09-09 07:08:43

प्रतिकृया दिनुहोस्