कोरोना भाइरस संक्रमणबाट पोखरामा थप एक महिलाको निधन भएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गतको कोभिड अस्पतालमा उपचाररत ती महिलाको मंगलबार दिउँसो ३: ५० बजेर मृत्यु भएको हो।
पोखरा महानगरपालिका १० निवासी ती महिलाको सोमबार कोरोना पोजिटिभ देखिएपछि अस्पतालको आइसीयूमा राखेर उपचार भइरहेकाे थियाे। साेही क्रममा उनको निधन भएको अस्पतालका निर्देशक सह.प्रा डा. अर्जुन आचार्यले जानकारी दिए।
योसँगै अस्पतालमा कोरोना भाइरसबाट मृत्यु हुने बिरामीको संख्या ९ पुगेको छ।
कोरोना भाइरस संक्रमणबाट गण्डकीमा प्रदेशमा अहिलेसम्म २१ जनाको मृत्यु भइसकेको छ।