कांग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण

नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ।

धुम्बाराहीको ह्याम्स अस्पतालमा मंगलबार स्वाब दिएका कोइरालाको रिपोर्ट शंकास्पद आएपछि रिकन्फर्म  गरिएकाे थियाे। तर, रिपोर्ट पोजेटिभ नै आएको उनको सचिवालयले जनाएको छ।

स्वकीय सचिव भरत तिवारीले भने, उहाँको रिपोर्ट बोर्डर लाइनमा आएकोले शंकास्पद देखिएको छ। फेरि परीक्षण गरिएको र दुई बजे सार्वजनिक गरिने छ।’

कोरोना संक्रमण भए पनि कोइरालामा कुनै लक्षण देखिएको छैन। उनको स्वास्थ्य अवस्था सामान्य रहेको तिवारीले जानकारी दिए।

प्रकाशित मिति: : 2020-09-08 17:43:44

प्रतिकृया दिनुहोस्