बाँकेमा आन्द्रा फुटेका कोरोना संक्रमितको सफल शल्यक्रिया

बाँकेमा दैलेखका एक कोरोना संक्रमित पुरुषको सफल शल्यक्रिया सम्पन्न भएको छ। 

भगवातिमाई गाउँपालिका १ का ३८ वर्षीय पुरुषको आन्द्राको शल्यक्रिया गरिएको हो। 

उनलाई सोमबार नै सुर्खेतस्थित प्रादेशिक अस्पतालबाट कोहलपुरमा रिफर गरिएको थियो।  

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पाताल कोहलपुरमा उपचाररत रहदा उनको अल्सरका कारण आन्द्रा फुटेको थियाे।

ती व्यक्तिको शिक्षण पु¥याइएको एक घण्टामा सफल शल्यक्रिया सम्पन्न भएको अस्पतालले जनाएको छ।

अस्पतालका सहायक निर्देशक डा नितेश कुमार कानोडियाले शल्यक्रियापछि उनको अवस्था सामान्य रहेको  र भेन्टिलेटरमा राखिएको  जानकारी दिए।  

शल्यक्रियामा वरिष्ठ चिकित्सकहरु डा दिग्विजय खडका, डा अरुण ज्ञवाली, डा शिशिर खड्का, स्टाफ नर्सहरु दुर्गा पन्त, पार्वती शाही, प्रेम कुमारी बस्नेत र सहयोगी राम गोपाल बाल्मिकी लगायतको सहभागि थिए। 

कोहलपुरमा यसअघि पनि कोरोना संक्रमितहरुको सफल शल्यक्रिया भइसकेको छ।

प्रकाशित मिति: : 2020-09-07 19:29:31

प्रतिकृया दिनुहोस्