युनाइटेड नेसन्सको चिल्ड्रेन फन्ड (युनिसेफ) ले विश्वभरि कोरोनाको भ्याक्सिन पुगाउने कामममा आफूले सक्रियता लिने बताएको छ।
उसले सोमबार यसको जानकारी दिँदै सबै देशमा सुरक्षित तथा छिटो पुर्याउन आफूहरू तयार रहेको बताएको हो।
कोरोना भाइरसविरूद्धको भ्याक्सिन तयार पार्न विश्वभरिका देश यतिबेला भिडेका छन्।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को रिपोर्टअनुसार अहिले ३६ वटा भ्याक्सिनको परीक्षण तेस्रो चरणमा पुगेको छ।
भ्याक्सिन निर्माणमा अमेरिका, रुस, चीन, बेलायत निकै अगाडि देखिएका छन्।
युनिसेफले विश्वमा भ्याक्सिनको सबैभन्दा ठूलो खरिदकर्ता हो।
उसले हरेक वर्ष एक सय देशमा करिब २०० कराोड भ्याक्सिनको खरिद गर्छ।