राष्ट्रपतिकाे विज्ञ सल्लाहकारमा टीका ढकाल नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो विज्ञ सल्लाहकारमा टीका ढकाललाई नियुक्त गरेकी छिन्। 

ढकालले राष्ट्रपतिको सूचना सञ्चार विज्ञको जिम्मेवारी पाएका छन्। 

पाँचथरमा जन्मेर हाल भक्तपुर बस्दै आएका युवा अध्येता ढकालले त्रिविबाट अंग्रेजी विषयमा स्नातकोत्तर गर्नुका साथै अमेरिकाबाट उच्च शिक्षा हासिल गरेका छन्।

यसअघि ढकालले सार्क विकास कोष लगाउत विभिन्न अन्तरराष्ट्रिय संस्थामा काम गरेका थिए।

राष्ट्रपतिका विज्ञ सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिइसकेपछि सो ठाउँमा कसेको पनि नियुक्ति भएको छैन।

त्यसैगरी सञ्चार विज्ञ माधव शर्मा र सुरक्षा मामिला विज्ञ नेत्र थापाले पनि विदा लिइसकेका छन् भने सचिवालयमा कार्यरत दीपा शर्माले पनि विदा लिएकी छन्।

अहिले राष्ट्रपतिका विज्ञ सल्लाहकारमा लालबाबु यादव र लक्ष्मी कार्की मात्र थिए।

प्रकाशित मिति: : 2020-09-07 14:55:12

प्रतिकृया दिनुहोस्