प्रहरीका २१ सय ६१ जनामा कोरोना संक्रमण

नेपाल प्रहरीका २१ सय ६१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। गत जेठको पहिलो साता एकजना प्रहरीमा संक्रमण देखिएकामा साउनपछि भने संक्रमण दर ह्यात्तै बढेको हाे।

काठमाडौं उपत्यकाका ३ जिल्लामा सबैभन्दा बढी ६२४ जना प्रहरी संक्रमित भएका छन्। त्यसमध्ये ५५८ जना अझै उपचाररत छन्। 

प्रहरी प्रधान कार्यालयमा मात्रै ३८९ संक्रमित रहेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता कुबेर कडायतले जानकारी दिए। त्यसमध्ये ३१८ जना उपचारपछि घर फर्किएको र ७१ को उपचार जारी छ। 

प्रहरी प्रधान कार्यालयका अनुसार प्रदेश १ मा ३४०, प्रदेश २ मा २५७, वाग्मती प्रदेशमा १००, गण्डकीमा १४३, प्रदेश ५ मा १९८, कर्णाली प्रदेशमा ७१ र सुदूरपश्चिम प्रदेशमा ३९ जनामा संक्रमण देखिएको छ।

प्रहरी वरिष्ठ उपरीक्षक कडायतले संक्रमितमध्ये झण्डै आधा निको भएर काममा फर्किसकेको बताए। उनका अनुसार कुल २१ सय ६१ जना प्रहरी संक्रमित देखिएकामा ९५० जना निको भएर कार्य क्षेत्रमा फर्किसकेको  प्रवक्ता कडायतले जानकारी दिए।

अहिले सबै उच्च मनोबलका साथ उपचार गराइरहेका छन्। सबैको अवस्था सामान्य रहेको कडायतको भनाइ छ। 

प्रकाशित मिति: : 2020-09-07 13:20:38

प्रतिकृया दिनुहोस्