चितवनमा कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्या एक हजार पार भएको छ।
चितवन मेडिकल कलेज र भरतपुर अस्पतालको प्रयोगशालामा थपिएको नतिजाअनुसार संक्रमितको संख्या १ हजार ३८ पुगेको छ ।
चितवन स्वास्थ्य कार्यालयले आइतबार दिउँसो सार्वजनिक गरेको विवरणमा जिल्लामा संक्रमितको संख्या ९ सय ८६ थियो। साँझ चितवन मेडिकल कलेजले गरेको परीक्षणमा चितवनका १९ सहित कुल ३० जनामा संक्रमण देखिएको थियो।
सोमबार बिहान भरतपुर अस्पतालको प्रयोगशालाले सार्वजनिक गरेको विवरणमा चितवनका ३३ सहित ४३ जनामा संक्रमण देखिएको छ।
स्वास्थ्य कार्यालयको विवरणमा हिजो दिउँसोसम्म चितवनमा निको हुनेको संख्या १ सय ८० मात्रै छ। संक्रमितमध्ये २ सय ५५ जना होम आइसोलेसनमा छन्।
कोरोनाले चितवनमा १२ जनाको निधन भइसकेको छ।