गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि गोरखा नगरपालिका ७ की ७६ वर्षीय ती महिला शनिबार अस्पताल भर्ना भएकी थिइन्।
आईसीयूमा उपचारकै क्रममा उनको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। महिलाको ब्रेनह्यामरेज भई मृत्यु भएको गण्डकी प्रदेश, जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक सपना सुबेदीले बताइन्।
मृत्युपछि शनिबार नै उनको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको थियो।
यससँगै गण्डकी प्रदेशमा कोरोनाले मृत्यु हुनेको संख्या १९ पुगेको छ।