सांसद प्रेम सुवाललाई कोरोना संक्रमण

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सचिव तथा प्रतिनिधिसभाका सांसद प्रेम सुवाललाई कोरोना भाइरस संक्रमण भएको छ।

कोरोना संक्रमण भएको शंकामा उनले १५ भदौमा पीसीआर परीक्षण स्वाब दिएका थिए। 

शनिबार भक्तपुर नगरपालिकाले च्यामासिंहमा सञ्चालन गरेको जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणबाट उनमा कोरोना पुष्टि भएको हो।

पोजेटिभ रिपोर्ट आएसँगै उनी होम आइसोलेसनमा बसेका छन्।

उनले आफ्नो सम्पर्क आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गर्न आग्रह गरेका छन्। 

रिपोट पोजेटिभ आए पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेकाे उनले बताएका छन्। उनले आफू दुई सातादेखि कुनै पनि सार्वजनिक कार्यक्रममा नगएको समेत बताएका छन्।
 

प्रकाशित मिति: : 2020-09-06 07:55:55

प्रतिकृया दिनुहोस्