पर्साका दुई कोरोना संक्रमित आइसुलेसनबाट फरार

सांकेतिक तस्वीर

पर्साको कालिकामाई गाउँपालिकाको २ भेडिहारीका दुई जना कोरोना संक्रमितहरु आइसुलेसनबाट फरार भएका छन्। 

दिनदेखि गाउँमै घुमफिर गरिरहदा प्रहरीले कालिकामाई गाउँपालिकाको ३ हरिहरपुरबिर्ताको आइसुलेसनमा भर्ना गर्न जाँदा बेडको अभावका कारण पोखरीया अस्पतालमा रहेको आइसुलेसनमा सबैठवा प्रहरीले पुर्‍याएको थियो । 

अचानक २ संक्रमितहरु पोखरीयाबाट फरार भएर गाउँमा लुकीछुपी बसेका थिए । प्रहरीलाई पुनः जानकारी भएपछि एक जना संक्रमित सम्पर्कमा आएपनि एक जना अझै फरार रहेको सबैठवा प्रहरी चौकीले जनाएको छ ।

सो मध्ये एक जना घरको आईसुलेसनमा छन भने एकजना सम्पर्क बिहीन रहेका कारण भेडिहारीका स्थानियवासीहरुमा त्रास छाएको छ । 

त्यसै गरी कालिकामाई गाउँपालिकाका केही संक्रमितहरु गाउँमा घुमफिर गरिरहदा स्थानियवासीहरु त्रसित भएका छन्। 

कालिकामाईमा ३२ जना संक्रमित रहेका छन भने २२ जना हरिहरपुर बिर्तामा रहेको आइसुलेसनमा छन्। यता १० जना होम आइसुलेसनमा रहेको कालिकामाई गाउँपालिकाका स्वास्थ्य संयोजक जोगिन्द्र चौरसियाले बताए ।

संयोजक चौरसियाका अनुसार बेडको अभाव भएका कारण अब थप ८ वटा बेड थप्ने तयारी भइरहेको छ 

प्रकाशित मिति: : 2020-09-05 11:41:08

प्रतिकृया दिनुहोस्