वीरगञ्जमा ५८० नमुना परीक्षण, १८ जनामा कोरोना पुष्टि

पर्सा, बारा र रौतहटका १८ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ। नायायणी अस्पताल वीरगञ्जमा शुक्रबार ५८० नमुना परीक्षण गर्दा जम्मा १८ जनामा कोरोना संक्रमण देखिएको हो।

जसमा पर्साका ६ जना र बाराका १२ जना रहेका छन्। २० देखि ६५ वर्ष उमेर समुहका १८ संक्रमित मध्ये ४ जना महिला र १४ जना पुरुष रहेका छन्।

१८ जनामा सिटी भ्यालु २४ भन्दामाथि १० जना र सो भन्दा कम ८ जना रहेका छन्। पर्साको पर्सागढि नपा ४ नं वडामा २० वर्षे महिला, ४४ वर्षका पुरुष,सोही नपा जसौलीका ३२ वर्षका पुरुष गरि ३ जना, नबिल बैंक वीरगञ्जका २६,४५ वर्षकी महिला र २० वर्षका पुरुष गरि ३ जना कर्मचारीमा कोरोना पुष्टि भएको नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा अतुलेश चौरसयाले बताए।

यता जितपुर सैनिक ब्यारेकका ३ जना सैनिक, जिल्ला प्रहरी कार्यालय बाराका ३ जना सुरक्षाकर्मी र सिम्रौनगढ नगरपालिकाका ६ जना गरि कुल १२ जनामा कोरोना पुष्टि भएको छ।

प्रकाशित मिति: : 2020-09-05 09:38:45

प्रतिकृया दिनुहोस्