रुपन्देहीमा होम आइसोलेसनमा रहेका एक जना कोरोना संक्रमित पुरुषको शुक्रबार मृत्यु भएको छ ।स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारीअनुसार सिद्धार्थनगर नगरपालिका–८ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
मिर्गौलाले काम नगरेपछि चितवनमा डायलसीस गरेर फर्केका उनको बिहान ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ साहले बताए ।