चितवनमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
भरतपुर अस्पतालमा उपचाररत राप्ती नगरपालिका ९ कि ६५ वर्षीया महिलाको बिहीबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ।
तीन महिनादेखि मिर्गौलाको समस्याबाट पीडित ती महिला अस्पतालमा नियमित डायलासिस गराउँदै आएकी थिइन्।
खोकी र श्वासप्रश्वासमा समस्या भएपछि भदौ १४ गते उपचारका लागि भरतपुर अस्पताल भर्ना भएकी थिइन्। उनमा बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो।
स्वास्थ्यमा थप जटिलता थपिँदै गएपछि उनलाई आईसीयू कक्षमा भेन्टिलेटरको राखेर उपचार गरिएको थियो।
याेसँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २० पुगेकाे छ।