भारतमा २४ घण्टामै थपिए ८३ हजार ८ सय संक्रमित

 भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ८३ हजार ८३३ नयाँ संक्रमित फेला परेका छन्।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै दैनिक नयाँ संक्रमित फेला परेका हुन्। यससँगै कोरोना संक्रमितको संख्या ३८ लाख ५३ हजार ४०७ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा मात्र कोरोना भाइरसको कारण एक हजार ४३ जनाको मृत्यु भएको छ। याेसँगै कोरोनाको कारण मृत्यु हुनेको संख्या ६७ हजार ३७६ पुगेको छ। 

संक्रमित संख्या र मृतकको आधारमा भारत कोरोना भाइरसबाट तेस्रो सबैभन्दा प्रभावित मुलुक हो। यो सूचीको पहिलोमा अमेरिका र दोस्रोमा ब्राजिल छन्।

अहिलेसम्म भारतमा कोरोना भाइरसबाट निको हुनेको संख्या २९ लाख ७० हजार ४९३ पुगेको छ। त्यस्तै आठ लाख १५ हजार ५३८ संक्रमित निको हुन बाँकी छन्।
 

प्रकाशित मिति: : 2020-09-03 12:11:30

प्रतिकृया दिनुहोस्