चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु

चितवन मेडिकल कलेजमा उपचाररत थप एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ की ४० वर्षीया महिला छन् ।

यही भदौ ५ गते स्वासप्रस्वासमा समस्या भए पछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो। भदौ १० गते कोरोना सङ्क्रमण देखिएको उनको बुधबार राति १२ः४० बजे मृत्यु भएको अस्पतालका अध्यक्ष एवम् प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले जानकारी दिए।

योसँगै जिल्लामा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ। चितवनका १० जना, मकवानपुरका ४ जना, वारा, गोर्खा, कैलाली र नवलपसारी (सुस्तापूर्व) का १–१ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो।

प्रकाशित मिति: : 2020-09-03 10:49:36

प्रतिकृया दिनुहोस्