दक्षिण कोरियामा संक्रमण फैलिएकोमा पादरीले माफी मागे

दक्षिण कोरियामा एउटा चर्चमा कोरोना फैलिएको घटनामा यहाँका पादरीले माफी मागेका छन्। सारङ–जील चर्चका पादरी जुन क्वाङ–हुन १६ दिन अस्पताल बसेर हालै घर फर्किएका छन्। उनलाई पनि कोरोना पोजेटिभ देखिएको थियो। 

अस्पतालबाट फर्किने क्रममा उनले सबैसँग माफी मागेका हुन्। कोरियामा कोरोनाको दोस्रो चरण यहीबाट सुरु भएको थियो। 

गत अगस्टदेखि यहाँ एक हजार ८३ जना संक्रमित भेटिएका छन्। देशमा अहिलेसम्म संक्रमणको २० हजार ४ सय ४९ घटना देखिएको छ। यहाँ ३ सय २६ जनाको निधन भएको छ।

प्रकाशित मिति: : 2020-09-03 07:45:52

प्रतिकृया दिनुहोस्