इटालीका पूर्व प्रधानमन्त्री बर्लुस्कोनीलाई कोरोना संक्रमण

इटालीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनी पनि कोरोनाबाट संक्रमित भएका छन्। उनको कर्मचारीले बुधबार यसको जानकारी दिँदै भनेका छन्,८३ वर्षीय बुर्लस्कोनी अहिले आइसोलेसनमा छन्। उनी घरमै बसेर काम गरिरहेका छन्। 

स्वास्थ्य लाभ गरेपछि उनी आफ्नो पार्टी फोर्जाको प्रचारप्रसारमा लाग्ने छन्। इटालीमा आउँदो सेप्टेम्बरमा स्थानीय चुनाव हुँदैछ। 

इटालीमा हालसम्म २ लाख ७१ हजार बढी मानिस संक्रमित भइसकेका छन्। जसमा ३५ हजारभन्दा बढीको निधन भएको छ। गत मार्चपछि इटालीमा पुनःकोरोनाको दोस्रो चरणको संक्रमण बढेको छ। 

बर्लुस्कोनी इटालीमा ४ पल्ट प्रधानमन्त्री भएका थिए। उनी पछिल्लो समय २००८ देखि २०११ सम्म प्रधानमन्त्री नियुक्त थिए।

प्रकाशित मिति: : 2020-09-03 06:53:06

प्रतिकृया दिनुहोस्