कर्णाली प्रदेशमा थपिए ९५ कोरोना संक्रमित

पाइल तस्वीर

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा बुधबार ९५ जनामा संक्रमण पुष्टि भएको हो।


जुम्लामा मात्रै ३९ जना, कालीकोटमा २२, सुर्खेतमा १७ जना, दैलेखमा पाँच जना, बाँकेका चारजना, जाजरकोट र कैलालीका दुई/दुई जना, बर्दिया, बझाङ, दार्चुला र दाङका एक/एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएकाे छ।

सबैभन्दा बढी संक्रमित देखिएको जुम्लाको चन्दननाथ नगरपालिका वडा नं. १, २, ३, ४, ५, ६, ७ र १० का एकजना महिलासहित २१ जना पुरुष, हिमा र सिँजा गाउँपालिकाका दुईजना पुरुष, पातारासी, तिला, तातोपानी र गुठीचौर गाउँपालिकाका दुई/दुईजनामा संक्रमण देखिएको छ।

त्यस्तै, कालीकोटको तिलागुफा नगरपालिका वडानम्बर दुईमा मात्रै २० जनामा संक्रमण देखिएको छ। जसमा पाँचजना महिला र १५ जना पुरुष रहेका छन। सान्नी त्रिवेनी -६, का एकजना पुरुषमा पनि संक्रमण देखिएको छ।

त्यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १, २, ७ र १२ का एकजना महिलासहित ६ जना, बराहाताल गाउँपालिका १, ४ र १० का तीन वर्षीय बालकसहित ४ जना पुरुष, लेकबेशी नगरपालिका ९, का चार वर्षीय बालकसहित एकजना पुरुष र दुईजना महिलामा संक्रमण पुष्टि भएको छ।

यता, सिम्ता गाउँपालिका, भेरीगंगा र गुर्भाकोट नगरपालिकाका एक/एकजनामा संक्रमण देखिएको छ। यससँगै कर्णणालीमा कोरोना संक्रमितको संख्या २५५१ पुगेको छ।

साथै, कर्णालीमा बुधबार थप ६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसंँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या २१२५ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ।

कर्णालीमा हालसम्म ६ जनाको मृत्यु भएको छ भने ४२० जना संक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।

प्रकाशित मिति: : 2020-09-02 17:53:38

प्रतिकृया दिनुहोस्