रुपन्देहीमा थप ६३ जनामा कोरोना संक्रमण

रुपन्देहीमा थप ६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको परीक्षणमा जिल्लाका चार स्थानीय तहका ६३ जनामा कोरोना पुष्टि भएको हो।

पछिल्लाे संक्रमण भएकाहरुमा बुटवल उपमहानगरपालिकाका ३१ जना, तिलोत्तमा नगरपािलकाका १६ जना, रोहिणी गाउँपालिकाका १५ जना र सियारी गाउँपालिकाका १ जना छन्।

तिलोत्तमाका नयाँ संक्रमितहरु सबैजना कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरु रहेका छन्। यससँगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या एक हजार ६४ पुगेको छ।

प्रादेशिक अस्पतालमा सोमबार राति आएको रिपोर्टमा ६ जना संक्रमित कपिलवस्तुका पनि रहेका छन्।
 

प्रकाशित मिति: : 2020-09-01 12:46:33

प्रतिकृया दिनुहोस्