कोरोना संक्रमणबाट पूर्वन्यायाधीश चालिसेको मृत्यु

पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

७० वर्षीय चालिसलाई लामो समयदेखि मुटुको समस्या थियो। पछिल्लो समय मुटुकै उपचारका लागि गंगालाल अस्पतालमा भर्ना गरिएको थियो। 

‘पाँच दिन अघि शहिद अस्पतालमा भर्ना हुनु भएको थियो। आज बिहान मृत्यु भयो,’ उनका भाइ कृष्णराज चालिसेले भने, ‘उपचारकै क्रममा उहाँमा कोरोना भाइरस देखिएको हो।’

काठमाडौं महानगरपालिका वडा नम्बर ३ का उनी २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराका मुख्य न्यायाधीशबाट रिटायर्ड भएका थिए।   

उनको शवलाई नेपाली सेनाको टोलीले अन्त्येष्टि गर्ने छ।

प्रकाशित मिति: : 2020-09-01 11:59:45

प्रतिकृया दिनुहोस्