बाँकेको कोहलपुर नगरपालिका मंगलबारदेखि सिल

बाँकेको कोहलपुर नगरपालिका मंगलबारदेखि सिल गरिएको छ। 

सोमबार नगरपालिकाका महिला कर्मचारीमा कोरोना देखिएपछि चारदिनका लागि सिल गरिएको हो।

सिल मंगलबारदेखि शुक्रबारसम्म लागु हुनेछ। 

भोलीपल्ट शनिबार भएकोले आइतबारदेखि कार्यालयका काम पूर्ण रुपमा शुरु हुनेछ। कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले नगरपालिकाका सम्पूर्ण काम पूर्ण रुपमा ठप्प भएको बताए।  

कोरोना संक्रमण पुष्टि हुने महिला कर्मचारी हुन्। उनी नगरपालिकाको हेल्पडेस्कमा कार्यरत दिइन्।

‘नगरपालिकाका एक महिना कर्मचारीमा कोरोना पुष्टि भएको छ। नगरपालिकाका सबै सेवा बन्द गरिएको छ। अब आइतबार बाट पुनः सेवा सुचारु हुन्छ,’ उनले भने।  

उनी धेरै मानिसको सम्पर्कमा थिइन्। कोहलपुर कोरोना संक्रमितको संख्या एक नाघेको छ।  

कोहलपुरमा अहिलेसम्म कोरोनाका कारण एक ७० वर्षीय महिलाको मृत्यु भएको छ। सोमबार बाँकेमा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको  छ।

प्रकाशित मिति: : 2020-08-31 21:31:33

प्रतिकृया दिनुहोस्