वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक वृद्धको मृत्यु

कोरोना भाइरस संक्रमणबाट वीरगञ्जमा थप एक वृद्धको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका २४ का ८० वर्षीय वृद्धको वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे हाे। 

३ दिनदेखि आईसीयूमा उपचार गराइरहेका वृद्धको सोमबार दिउँसो ३ : २० बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले जानकारी दिए।

ज्वरो आएर भदौ १३ गते नारायणीमा भर्ना गरिएकोमा उनको कलेजोमा समेत समस्या देखिएको थियो। पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि सोही दिन वीरगञ्‍ज हेल्थ केयर कोभिड अस्पतालमा भर्ना गरिएको थियो।

उपचारको क्रममा त्यही उनको मृतयु भएको हो। योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ। मृत्यु हुनेमा पर्साका मात्र ३७ पुगेको छ।

प्रकाशित मिति: : 2020-08-31 18:22:38

प्रतिकृया दिनुहोस्