अष्ट्रेलियाकाे भिक्टोरियामा पछिल्लो २४ घण्टामा ७३ नयाँ संक्रमित फेला परेका छन्। एक दिनमा भेटिएका नयाँ संक्रमितको यो संख्या भिक्टोरिया राज्यको लागि जुलाई ३ यताकै कम हो।
पछिल्लो २४ घण्टामा भिक्टोरियामा कोरोना भाइरसको कारण ४१ जनाको मृत्यु भएको छ।
समग्र अष्ट्रेलियामा पछिल्लो २४ घण्टामा २४८ नयाँ संक्रमित थपिएका छन्। जसमध्ये २३८ स्थानीय संक्रमित फेला परेका छन्। अघिल्लो दिन २९९ नयाँ संक्रमित फेला परेका थिए।
अष्ट्रेलियामा कोरोना भाइरसका समग्र संक्रमितको संख्या २४ हजार नाघिसकेको छ। साथै ६५२ जनाको मृत्यु भइसकेको छ।
यसैबीच अष्ट्रेलियाको न्यु साउथ वेल्समा पनि कोरोना भाइरस समुदायमा फैलिएको भन्दै त्यसबाट बच्न अलर्ट जारी गरिएको छ।