वीरगञ्जमा आइतबार ३७ जना कोरोना संक्रमणमुक्त भएका छन्।
नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल गण्डक, वीरगञ्ज हेल्थ केयर, सामुदायिक आइसोलेसन सेन्टर र होम आइसोलेशनमा रहेका संक्रमित मध्ये ३७ जना कोरोनामुक्त भएको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले जानकारी दिए।
आज कोरोना निकोभई घर फर्किनेमा गण्डक अस्पतालबाट ३ जना पुरुष, वीरगञ्ज हेल्थकेयरबाट ८ जना पुरुष ३ जना महिला होटल विजय ज्योति वीरगञ्ज होटल सेमिआइसोलेसनबाट १ जना, पोखरिया नगरपालीकामा होम आइसोलेसनबाट २५ जना रहेका छन्।
यसैबिच पोखरीया नगरपालीकाका नगरप्रमुख दिपनारायण रौनियार र उनका बुबालाई भने दोस्रो पटकको परिक्षणमा समेत पोजेटिभ देखिएको छ। उनका परिवार र चालक, स्वकीय सचिब लगायत अन्य २२ जना कोरोना मुक्त भएका छन्।
योसँगै पर्सामा कोरोना संक्रमणमुक्त भएर फर्किनेको संख्या ६ सय ८४ पुगेको छ।
वीरगञ्जको २ वटा कोभिड अस्पतालमा ९८ जना सहित होम आईसोलेशनमा ९ सय ८४ जना संक्रमित रहेको जनाईएको छ।