महोत्तरीमा मृत्यु भएका दुई जनामा कोरोना संक्रमण पुष्टि

महोत्तरीमा मृत्यु भएका दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा शुक्रबार मृत्यु भएका महोत्तरीको पिपरा गाउँपालिका ७ का ७० बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हाे।

मृत्युपछि स्वाब संकलन गरेर परीक्षण गर्दा पोजेटिभ देखिएकाे सामाजिक विकास मन्त्रालयका वरिष्ठ चिकित्सक कमलेशप्रसाद यादवले जानकारी दिए।

यता, महोत्तरीकै भंगहा नगरपालिकाका ३५ बर्षीय युवकमा पनि मृत्युपछि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

भंगहा १ निवासी युवकको शनिबार बिहान प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको थियो।

ज्वरो र रुघाखोकीका साथै सास फेर्न समस्या भएपछि उनलाई शुक्रबार अस्पतालमा भर्ना गरिएको थियो।

योसँगै महोत्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या ८ पुगेको छ।

प्रकाशित मिति: : 2020-08-29 18:31:58

प्रतिकृया दिनुहोस्