कोटेश्वरका १९ ट्राफिकमा कोरोना संक्रमण

कोटेश्वर ट्राफिक प्रहरी प्रभावका १९ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।

प्रभागमा कार्यरत दुई जनालाई ज्वरो आएपछि बिहीबार ३३ जनाको स्वाब संकलन गरिएको थियो । 

उनीहरुमध्ये १७ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै प्रभागमा संक्रमित ट्राफिक प्रहरीको संख्या १९ पुगेको छ ।

हालसम्म उपत्यकामा मात्र ११० जना ट्राफिक प्रहरीमा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति: : 2020-08-29 16:07:40

प्रतिकृया दिनुहोस्