धनुषामा थप एकजना मृतकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ४ का ४५ वर्षीय पुरुषमा मृत्यु पश्चात कोरोना संक्रमण पुष्टि भएको हाे।
स्वाब लिई कोरोना परीक्षण गर्दा शुक्रबार उनको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए।
उनका अनुसार मृतक बुधबार प्रादेशिक अस्पताल जनकपुरको ओपिडिमा भर्ना भएका थिए। लगत्तै उनको स्वाब संकलन गरिएको थियो तर बुधबार नै दिउँसो उनको मृत्यु भएको थियो।
मृतक क्षयराेग तथा मधुमेहका रोगी थिए। यससँगै धनुषामा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ।