फ्रान्समा कोरोनाको संक्रमण बढ्न थालेपछि १६ वटा क्षेत्रलाई ‘रेड जोन’ घोषित गरिएको छ। फ्रान्सेली प्रधानमन्त्री ज्याँ कास्तेले यसको घोषणा गरेका हुन्। उनको नयाँ घोषणासँगै अब देशभित्र २१ वटा क्षेत्र ‘रेड जोन’ भित्र परेको छ।
उनले शुक्रबार भने, ‘देशमा फेरि कोरोनाको संक्रमण फैलिएको छ। केही सातादेखि देशमा हरेक एक लाख मानिसमा ३९ जनामा कोरोना पोजिटिभ भेटिएको छ।’
यो संख्या पछिल्लो महिनाको तुलनामा ४ गुणाले बृद्धि भएको हो। फ्रान्समा हाल २ लाख ६० हजारको हाराहारीमा संक्रमित पुगेका छन्। जसमा ३० हजार ५ सय ७६ जनाको निधन भइसकेको छ।
पेरिसमा बढ्दो संक्रमणका कारण यहाँ मानिसहरूलाई मास्क लगाउन अनिवार्य गरिएको छ।