पत्रकारकै हुन् त निषेधाज्ञामा प्रेस लेखेर हुइँकिएका महंगा गाडी ?

लोकान्तर

काठमाडौँ
गगन अर्याल

 

‘म नेपालका सबै सञ्चार माध्यमका अधिकांश गिनेचुनेका रिपोर्टर, डेस्कका हाकिमसाबदेखि प्रधान सम्पादकहरूलाई चिन्छु । नेपालस्थित विदेशी सञ्चार माध्यमका रिपोर्टरहरू पनि चिन्छु । तर यो निषेधाज्ञामा काठमाडौंका सडकमा महंगो गाडीमा प्रेस टाँसेर हुइँकिरहेका कोही पनि चिन्दिनँ । सोध्न मन लागेको छ, आखिर उहाँहरू को हुनुहुन्छ होला ?’

यो पत्रकार राजेश राईले सामाजिक सञ्जाल फेसबूकमा लेखेको पोस्ट हो ।

पछिल्लो समयमा प्रेस लेखेर हिँड्ने महंगा गाडीको संख्या उपत्यकाको सडकमा बढेका छ । नेपालमा पत्रकारिता गरेर केही पत्रकारहरू गाडी नचढेका भने होइनन्, तर बन्दाबन्दी र निषेधाज्ञाको समयमा सडकमा प्रेस लेखिएका निकै महंगा गाडी देखिएका छन् ।

विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड–१९) कारण सरकारले २०७६ चैत ११ गतेदेखि नेपालमा अन्तर्राष्ट्रिय नाका सिलसहित देशमा ४ महिना लामो बन्दाबन्दी अर्थात् लकडाउन लागू गर्‍यो ।

प्रकाशित मिति: : 2020-08-28 18:05:38

प्रतिकृया दिनुहोस्