कोराना संक्रमणका कारण पोखरामा एक जना महिलाको मृत्यु भएको छ।
पाेखरा नगरपालिका १६ की ५२ वर्षीया महिलाको दिउसाे १ : १५ बजे निधन भएकाे पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएकाे छ।
स्वास्थ्य बिज्ञान प्रतिष्ठनमा गरिएकाे परीक्षणमा काेराेना संक्रमण पुष्टि भएपछि उनी भदाै १२ गते अस्पताल भर्ना भएकी थिइन्।
उनमा खोकी, स्वासप्रस्वासमा र ज्वरोकाे समस्या थियाे।