मेक्सिकोमा कोरोनाका कारण १३०० भन्दा बढी स्वास्थ्यकर्मीको निधन

मेक्सिकोमा कोरोना भाइरसका कारण १३ सयभन्दा बढी स्वास्थ्यकर्मीको निधन भइसकेको छ। यसको पुष्टी मेक्सिकोका उप स्वास्थ्यमन्त्री ह्युगो लोपेजले हालै गरेका छन्। 

उनले बुधबार यसको जानकारी दिँदै भने, ‘कठिन अवस्थामा पनि काम गरेका १३०० भन्दा बढी स्वास्थ्यकर्मीलाई हामीले गुमाउनु परेको छ।’

मेक्सिकोमा पछिल्लो २४ घण्टामा करिब ५ हजार संक्रमणको नयाँ घटना बाहिर आएको छ। र, यसमा मर्नेको संख्या ६ सय ५० छ। 

मेक्सिकोमा हालसम्म ५ लाख ६८ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। जहाँ ६१ हजारको निधन भएको छ। 

विश्वव्यापी तथ्यांकमा मेक्सिको कोरोना संक्रमितको सूचिमा छैटौं नम्बरमा आउँछ। अमेरिका, ब्राजिल, भारत, रुस, दक्षिण अफ्रिका र पेरुपछि मेक्सिको सबैभन्दा बढी संक्रमित देश हो।
 

प्रकाशित मिति: : 2020-08-27 09:31:47

प्रतिकृया दिनुहोस्