भारतमा एकै दिन ६७ हजार १५१ कोरोना संक्रमित थपिए

बिएल संवाददाता

नयाँ दिल्ली

भारतमा एकै दिनमा ६७ हजार १५१ जना कोरोना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ३२ लाख नाघेको छ। गत २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण १ हजार ५९ जनाको मृत्यु भएको केन्दिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ। 

भारतमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३२ लाख ३४ हजार ४७५ पुगेको छ। ती मध्ये हाल सात लाख ७ हजार २६७ जनामा हाल पनि संक्रमित अवस्था रहेका छन्। 

हाल संक्रमित अवस्थामा रहेका ती व्यक्तिहरुको शाररिक अवस्थाअनुसार अस्पताल र घरमा  क्वारेन्टाइनमा बसेर   उपचार भइरहेको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ। हालसम्म भारतमा २४ लाख ६७ हजार ७५९ जना कोरोना मुक्त भएका पनि समाचारमा जनाइएको छ।

कोरोना संक्रमण शुरु भएयता भारतमा यस रोगबाट  ५९ हजार ४४९ जनाको मृत्यु भएको छ।  भारतको महाराष्ट्र राज्यमा १ लाख ६६ हजार २३९ कोरोना पोजेटिभ अवस्थामा रहेका छन्। भारतको अरु राज्यमा तुलना महाराष्ट्र सब भन्दा बढी प्रभावित राज्यको रुपमा रहेको छ। 

त्यसैगरी दोस्रो स्थानमा आन्ध्र प्रदेश रहेको छ। यहाँ ८९ हजार ९३२ जनामा अहिले पनि कोरोना भाइरस संक्रमण अवस्थामा रहेको छ। 

प्रकाशित मिति: : 2020-08-26 21:33:55

प्रतिकृया दिनुहोस्