कोरोना संक्रमणको ‘हटस्पट’ बनेको प्रदेश २ मा सरकारले पठायो २२ विशेषज्ञ चिकित्सक

कोरोना संक्रमणको ‘हटस्पट’ बनेको प्रदेश २ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २२ जना विशेषज्ञ चिकित्सकलाई पठाउने तयारी गरेको छ।

सरकारी छात्रवृत्तिमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत विशेषज्ञ पढेका चिकित्सकहरुलाई प्रदेश २ मा पठाइएको हो।

मंगलबार नारायणी अस्पताल वीरगन्जमा काम गर्ने गरी ९ जना चिकित्सक पुगिसकेका छन्।

त्यसैगरी १३ जना चिकित्सक भने धनुषाको जनकपुर प्रादेशिक अस्पताल र रौतहटको गौर अस्पतालमा बिहीबार जाने तयारीमा रहेको मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले बताए। 

उनीहरुमध्ये ६ जना चिकित्सक गौर अस्पताल र ६ जना जनकपुर प्रादेशिक अस्पताल जानेछन्। १ जनाको भने यी दुईमध्ये कुन अस्पतालमा जाने भन्ने टुंगो लागिसकेको छैन।

उनीहरुले त्यहाँ गएर कोरोना संक्रमितको उपचार र महामारी नियन्त्रणमा खटिनेछन्। 

प्रकाशित मिति: : 2020-08-26 18:20:04

प्रतिकृया दिनुहोस्