पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३२ जनासहित मुलुकभर कोरोना भाइरसका ८५५ नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएकाे जानकारी अनुसार काठमाडौंमा १९९, ललितपुरमा १४ र भक्तपुरमा १९ जनासहित ५८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
थपिएका मध्ये २७१ जना महिला र ५८४ जना पुरूष छन्। सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३३ हजार ५३३ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका १, ओखलढुङ्गाका १, खोटाङका १, झापाका ५, मोरङका ४३, सुनसरीका १६, सोलुखुम्बुका २, धनुषाका ४२, पर्साका ४, बाराका १७, महोत्तरीका १७, रौतहटका ४४, सप्तरीका ३, सर्लाहीका ५८, सिरहाका ३, काभ्रेका ५, चितवनका ३७, दोलखाका ३, धादिङका ८, नुवाकोटका १, मकवानपुरका २, रामेछापका १, सिन्धुपाल्चोकका २ र कास्कीका १३ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै गोरखाका २, तनहुँका ६, नवलपरासीका ४, पर्वतका २, लमजुङका १, बागलुङका १, अर्घाखाँचीका १, कपिलवस्तुका २३, गुल्मीका २, दाङका १८, नवलपरासीका ८, पाल्पाका ४, प्यूठानका ४, बर्दियाका ६, बाँकेका १५, रुपन्देहीका ६९, रोल्पाका ३, कालिकोटका ५, जुम्लाका १, दैलेखका ४, मुगुका १, सल्यानका ४, सुर्खेतका ५, अछामका १९, कञ्चनपुरका १२, कैलालीका १६, डडेल्धुराका २, डोटीका ४५, बझाङका ९ तथा बैतडीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३१३ जना निको भएका छन्। याेसँगै कुल डिस्चार्ज हुनेको संख्या १९ हजार १ सय १९ पुगेको छ।
पछिल्लो २४ घन्टामा नेपालमा थप ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यो सँगै कोरोना संक्रमणका कारण हालसम्म १६४ जनाको ज्यान गइसकेको छ।