पर्सामा मंगलबार थप ३२ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ।
नारायणी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा १० महिला र २२ पुरुषमा काेराेना संक्रमण पुष्टि भएकाे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।
संक्रमण देखिनेमा वीरगञ्ज महानगरपालिकाका १४ जना,जगरनाथपुर गाउँपालिकामा ६ र कालिकामाइ गाउँपालिकामा १२ जनामा कोरोना संक्रमण देखिएको हो।
वीरगञ्जको वडा नम्बर १२ का तीन जना,१४ का दुई र ३,४,८,९,१०,११,१५,१६ र १७ का एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यस्तै कालिकामाइ गाउँपालिका वडा नम्बर २ का ४ र ५ का ८ जनामा संक्रमण देखिएको छ।
यता जगरनाथपुर गाउँपालिका वडा नम्बर २ ,३,५ र ६ का एक/एक जनामा संक्रमण देखिएको छ।
योसँगै पर्सामा कोरोना संक्रमितकाे संख्या एक हजार ९ सय ७८ पुगेको छ।