बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै नवलपरासी पूर्वमा भदौ १४ गतेसम्म निषेधाज्ञा जारी भएको छ।
प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले मंगलबार सम्पन्न जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले स्थानीयको आग्रहमा जिल्ला प्रशासनले मंगलबार राति १२ बजेबाट भदौ १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको गरिएको जानकारी दिए।
यसअघि एक साता जारी गरिएको निषेधाज्ञा मंगलबार आज राति १२ बजे सकिँदैछ।
थप गरिएको निषेधाज्ञा अवधिमा औषधि पसल, तरकारी, लगायतका अत्यावश्यक पसल र सेवाबाहेक सबै बन्द रहने छ।
नवलपरासी पूर्वमा गत दुई साताको अवधिमा ६८ जनामा कोरोना संक्रमण देखिएको छ। दुई साता अघिबाट यहाँका ८ वटै पालिकाले आ–आफ्नो क्षेत्रमा लकडाउन घोषणा गरेका थिए।