भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५८ हजार नाघेको छ।
अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण ५८ हजार ३९० जनाको मृत्यु भइसकेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। पछिल्लो २४ घण्टामा मात्रै ८४८ जनाको मृत्यु भएको छ।
भारतमा ३१ लाख ६७ हजार ३२४ काेराेना संक्रमित पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा ६० हजार ९७५ नयाँ काेराेना संक्रमित फेला परेका हुन्।
अहिले भारतमा २४ लाख चार हजार ५८५ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन्।
यस्तै सात लाख चार हजार ३४८ कोरोना भाइरसका संक्रमित निको हुन बाँकी छन्।
भारतमा पछिल्लो २४ घण्टामा नौ लाख २५ हजार ३८३ नमुनाको कोरोना भाइरसको परीक्षण गरिएको थियो।