सिराहाका कोरोना संक्रमित युवकको मृत्यु

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत २२ वर्षीय युवाको मृत्यु भएको छ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार सिराहाको लाहान गोविन्दपुर बस्ने युवाको उपचारका क्रममा सोमबार अपरान्ह ३ बजे मृत्यु भएको हो।

मृतक युवालाई अत्यधिक खोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि भदौ २ गते प्रतिष्ठानको मेडिसिन वार्डमा भर्ना गरिएको थियो। भदौ ७ गते उनको पीसीआर रिपोर्ट कोरोना पोजिटिभ आएपछि सोही दिन कोभिड १९ अस्पतालको आईसीयूमा सारेर भर्ना गरिएको थियो।

मृत युवा लागुपदार्थको सेवनकर्ता हुनुका साथै मुटु सम्बन्धी दीर्घ रोगी रहेकाे प्रवक्ता सापकोटाले बताए। 

योसहित प्रतिष्ठानमा उपचार गर्दा गर्दै मृत्यु हुने कोरोना संक्रमितको संख्या ११ पुगेको छ।

प्रकाशित मिति: : 2020-08-24 19:16:35

प्रतिकृया दिनुहोस्