वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन्।
विगत २५ दिनदेखि कोरोना भाइरसबाट संक्रमित भइ होम आइसोलेसनमा रहेका नगरप्रमुख सरावगीको आइतबार कोरोना रिपोर्ट नेगेटिभ आएको हो।
केही दिन काठमाडौंस्थित आफ्नो घरभित्रै होम आइसोलेसनमा रहेर उपचार गराएका नगरप्रमुख सरावगी गत हफ्ता वीरगञ्ज आएको र आइतबार बिहान पीसीआर परिक्षणका लागि आफ्नो स्वाब जम्मा गराएका थिए।
नारायणी अस्पतालको पीसीआर प्रयोशालामा गरिएको परीक्षणमा नगरप्रमुख सरावगीको रिपोर्ट नेगेटिभ आएको सामाजिक संजाल फेसबुकमार्फत मेयर सरावगीले आइतबार साँझ आफैँ जानकारी गराएका छन्।
नगरप्रमुख सरावगी श्रावन १५ गते कोरोना संक्रमित भएका थिए। सरावगीमा कोरोना संक्रमण पुष्टि हुँदा उनि काठमाडौंमा थिए। केहि दिन काठमाडौंस्थित आफ्नो घरभित्रै होम आइसोलेसनमा रहेर उपचार गराइरहेका थिए।