कर्णालीमा थप चार जनामा कोरोना संक्रमण थपिए

कर्णाली प्रदेशमा आइतबार थप चार जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

सुर्खेतस्थित प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको परीक्षणबाट थप चार जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमितमध्ये सुर्खेत र जुम्लाका दुई/दुई जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ। यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २२४४ पुगेको छ।

यस्तै, कर्णालीमा आइतबार थप ४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसंँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १९७३ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ। कर्णालीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २६५ जना आइसोलेसनमा रहेका छन्।

प्रकाशित मिति: : 2020-08-23 15:40:29

प्रतिकृया दिनुहोस्