गण्डकी प्रदेशका ३ जिल्लामा थपिए ११ कोरोना संक्रमण

गण्डकी प्रदेशका ३ जिल्लामा आइतबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पोखराको कास्‍की सेवा अस्पतालमा २ जना, पोखरा महानगरपालिका १६ मा २ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।

पोखरा  १६ मा ३१ वर्षीया महिला र ४० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो।

यता नवलपुरको विनय त्रिवेणी नगरपालिका १ मा मात्र ३ जना महिला र ३ जना पुरुष गरी ६ जनालाई संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए।

गोरखा नगरपालिका १ मा २८ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ८ सय ७० जना पुगेको छ। जसमध्ये १ हजार ६ सय ११ जना निको भएर घर फर्केका छन्।

प्रकाशित मिति: : 2020-08-23 14:48:26

प्रतिकृया दिनुहोस्