रौतहटमा सुबिधासम्पन्न तीनसय बेड क्षमताको आइसोलेशन सञ्चालनमा आएको छ। देवाही गोनाही नगरपालिका धरहरीस्थित जयकिसान पोलि टेक्निकल क्याम्पसको भवनमा शनिवार सांँझदेखि आइसोलेसन सञ्चालनमा आएको हो।
जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला संकट ब्यवस्थापन समितिको निर्णयले १८ वटै स्थानीयतहसँग तत्काल ५ लाख रुपैयाँ माग गरेको थियो।
माग अनुसार १८ मध्ये कटहरिया, बौधिमाई,गढिमाई,गौर लगायत ७ स्थानीयतहले सनिवार शुक्रबार सम्म जिल्ला अस्पताल विकास समितिको खातामा जम्मा गरेपछि आईसोलेसन सञ्चालन ल्याएकाे डा कृष्ण साहले जानकारी दिए।
शनिवार सिडियो ईन्द्रदेव यादव, जिल्ला प्रहरी प्रमुख एसपी रबिराज खड्का, सशस्त्रका एसपी सुर्यसेन ओली, अनुसन्धानका एसपी अभिनय सिंह, नेपाली सेनाका कर्णेल सामन्तध्वज खाँड र केही नगर प्रमुखहले संयुक्त निरीक्षण पश्चात् आइसोलेशन सञ्चालनमा आएको हो।
आइसोलेशनमा बस्ने बिरामीको एकजना मेडिकल अधिकृतको मातहतमा ४ जनाको टोलिले उपचार गर्ने डाक्टर कृष्ण साहले जानकारी दिए।
त्यसैगरी प्रदेश २ को सामाजिक विकास मन्त्रालयले उपलब्ध गराउन लागेको पिसिआर जाँच मेसिन अगामी दुईसाता भित्र सञ्चालन भैसक्ने डा साहले बताए।
रौतहटमा हालसम्म कुल १५ सय १५ कोरोना संक्रमित मध्ये एकसय ५० बिरामी सक्रिय रहेको तथा अन्य कोरोना जितेर घर फर्किसकेको जिल्ला अस्पताल गौरका प्रमुख डा कृष्ण साहले जानकारी दिएका छन।
संक्रमित मध्ये ६ जना धरहरी आइसोलेशन केही गौर, चन्द्रपुर, कटहरियामा र केही होम आइसोलेशनमा रहेका छन्। कोरोनाबाट रौतहटमा हालसम्म ३ जना र एकजना शंकास्पदको मृत्यु भएको जिल्ला प्रशासनको तथ्यांकमा उल्लेख छ।