महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा थुनुवासहित ५ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।
गोंगबुमा २४ वर्षीय लक्ष्मण तामाङको चक्कु प्रहार गरी भएको हत्यामा संलग्न अभियुक्तसहित ५ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार अभियुक्तलाई संक्रमण देखिएपछि गरिएको कन्ट्याक ट्रेसिङका आधारमा ५ जना प्रहरीलाई पनि संक्रमण देखिएको छ । संक्रमित सुरक्षाकर्मीहरुलाई नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको छ।
अभियुक्तलाई भने नेपाल मेडिकल कलेज, जोरपाटी भर्ना गरिएको छ । वृत्तका डीएसपी रोशन खड्काले संक्रमित प्रहरी उपचाररत भए पनि सेवा प्रवाह भने नरोकिएको बताए।